हेटौंडामा व्यवसायीको बैंक विरुद्ध विरोध प्रर्दशन (भिडियो सहित)

टुडे संवादाता
२६ असार २०७७, शुक्रबार १८:३९

असार २६,हेटौंडा /मकवानपुर उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायीले आज (शुक्रबार) हेटौंडामा बैंक तथा बित्तिय संस्था विरुद्ध प्रदर्शन गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनका कारण मारमा परेका उद्योगीरव्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र व्याज रकम तिर्न ताकेता दिइएकोले बैंक विरुद्ध विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रदर्शनमा वाणिज्य संघमा आवद्ध सम्पूर्ण वस्तुगत संघहरु सहित उद्योग संघ मकवानपुर,होटल व्यवसायी संघ मकवानपुर, पुरानो नारायणी यातायात व्यवसायी कम्पनी, निर्माण व्यवसायी संघ, प्याव्सन मकवानपुर,एनप्याव्सन मकवानपुर नारायणी यातायात कम्पनि प्रा।लि, सार्वजनिक यातायात प्रालि, माछामासु व्यवसायी संघसंग आवद्ध व्यवसायीहरुले विरोध प्रदर्शन गरेका थिए ।

संघको भवन अगाडीबाट विरोध ¥याली निकालेर बुद्धचोकमा आएर विरोध गरेको थिए । सामाजिक दुरी कायमगरी विरोध प्रदर्शन गरिएको थियो ।

यो भिडियो हेर्नुहोस,

https://www.facebook.com/104296287587972/videos/372124580420234/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*