बिराटनगर र विरगजं बाट कोईला र जिप्सन बोकेर नवलपरासी स्थित होङसि सिमेन्ट तर्फ जादैगरेको १३ वटा ट्रिप्परलाई ट्राफिक प्रहरीले हेटाैैंडामा नियन्त्रण लिएको हो ।
यातायात व्यवस्था विभागको भारबहन ऐन अनुसार क्षमता भन्दा बढी भार लिएर हिडेमा जरिवाना गरी बढी भएको भार मिलान गरेपछि मात्रै अघि बढ्न दिईने उल्लेख छ । ट्राफिकले नियन्त्रणमा लिएका ट्रिप्परहरुलाई यातायात व्यवस्था कार्यालय, हेटौंडामा जरिवानाका लागी पठाईएको पुरानो नारायणी यातायात व्यवसायी कम्पनींका सचिव ठाकुरनाथ सुवेदीले बताउनुभयो ।
विभिन्न स्थानमा दर्जनौ प्रहरी चेक प्वाईन्ट भएपनी ३ सय किलोमिटर दुरी पार गर्दै टिप्पर हेटौंडा आईपुगेको थियो । पूर्वी नेपालको बिराटनगरबाट सिमेन्टको क्लिङ्कर लिएर आएका ट्रिप्परहरु प्रदेश १ र प्रदेश २ का दर्जनौ प्रहरी चेक प्वाईन्ट पार गरेरै हेटाैैंडा आईपुगेको हुन् । सिमेन्ट उद्योगले जरिवाना तिर्ने तर नियम नमान्ने प्रबृत्तीले राजमार्ग भने जीर्ण बन्दै गएको छ ।