
साउन २०,काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत देशभरका प्रयोगशालामा ७ हजार ६ सय ८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको बताउनुयो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।


सेयर गर्नुहोस्