
काठमाडौं/ बलात्कारको अभियोगमा एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धर बलात्कार अभियोगमा पक्राउ गरेको हो ।
फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी अभियोगमा मानन्धर पक्राउ परेका हुन। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्