
हेटौँडा / हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ गौरिटारमा रहेको कोरोना आइसोलेसनमा सेवा लिइरहेका सेवाग्राहीलाई खाने पानि सगै विद्युतको नएको कुरा हेटांैडा टुडेले समाचार फलो अप गरिरहेको छ । आइसोलेसन वार्डमा रहेका केहि संक्रमितले तातो पानि र औषधी खान लाईन नभएर समस्या भएकोले संक्रमितहरुले आफुहरको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको आरोप लगाएका थिए ।कोरोना संक्रमितहरुलाई अप्ठारो परेकोले जानकारि आफुले समाचार माध्यबाट थाहा पाए पछि उज्वल चौँलागाईले हेटौँडा गौरिटारमा रहेको कोरोना आइसोलेसनको लागि जेनेरेटर उपलब्ध गराएका छन् । चौलागाई मकवानपुरका सञ्चार उद्यमी तथा बानका केन्द्रीय उपाध्यक्ष हुन । बिगत दुई दशक देखि सञ्चार क्षेत्र संगै ब्यबसाय र सामाजिक कार्यमा ब्यस्त छन ।
समाचार माध्यम सामाजिक सन्जाल मार्फत र अन्य माध्यमबाट आइसोलेसन वार्डमा विद्युतको समस्या भएको खबर थाहा पाए पछि चौलागांईले सामजिक सञ्जाल फेसबुक मार्फत आइसोलेसन सञ्चालन अवधिभर जेनेरेटर सहयोग गर्ने घोषँणा गरेका चौँलागाईले सामजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेखेका थिए
‘”गौरीटार रंगसाला आईसोलेसनमा जेनेरेटर राख्न नसकेर विरामीलाई अन्धकारमा राखिएको हो भने सम्वन्धित निकायले माग गरोस म निशुल्क केहिदिनको लागी जेनेरेटर उपलब्ध गराउने छु । विपदमा साथ सहयोग गरौ। “
उनको सामजिक सञ्जाल फेसबुकमा यस्तो पोस्टले चौतर्फि तारिफ र सेर हुन थालेपछि आज बिहान हेटौडा अस्पताल बिकाश समितिका अध्यक्षले प्रकाश पौडेलले सहयोगको अपेक्षा सहित फोन गरे पछि आफुले पाच के बि को जेनेरेटरआइसोलेसन रहुन्नजेल उपलब्ध गराएको चौँलागाईले हेटोडा टुडेलाई जानकारि गराए आज उक्त जेनेरेटर आइसोलेसन वार्डलाई जेनेरेटर उपलब्ध गराएपछि चौँलागाईले फेसबुकमा यस्तो लेखेका छन ।
[मैले मेरो प्रतिवद्धता पुरा गरे]
“हेटौडा रंगशालामा रहेको आइसोलेसनमा जेनेरेटर अभावले विरामी अध्यारोमा वस्न वाध्य भएको जानकारी पछि मैले जेनेरेटर उपलव्ध गराउने सार्वजनिक प्रतिवद्धता सोसल मिडियामा गरेपछि आज विहान अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले फोन गरि जेनेरेटर उपलव्ध गराउन आग्रह गर्नु भयो र मैले निशुल्क रुपमा उपलव्ध गराएको सवैमा जानकारी गराउन चहान्छु । यस्तै प्रतिवद्धता युवा व्यवसायी निर्मल देवकोटाभाइले जेनेरेटरमा लाग्ने इन्धन दिने प्रतिवद्धता गर्नु भएको छ ।”

