थप ८३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३० हजार नाघ्यो

हेटौडा टुडे
५ भाद्र २०७७, शुक्रबार १७:०१

काठमाडौं । नोबल कोरोना भाईरस पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ । अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*