हेटौंडाका अधिकांश औषधि पसलहरु धमाधम बन्द हुन थाले

हेटौंडा टुडे
६ भाद्र २०७७, शनिबार २३:०६

हेटौंडा / हेटौंडाका अधिकांश औषधि पसलहरु धमाधम बन्द हुन थालेका छन् । कोरोना भाइरसका संक्रमितहरु हेटौडामा बढेसंगै हेटौंडाका अधिकांश निजी औषधि मेडिकल पसलहरु नै बन्द भएको पाइएको छ ।

हामिलाई बिगत कै दिन देखि हेटांैडाका अधिकांश मेडिकलहरु बन्द रहको गुनासो आए पछि आज हामि मध्यन्नमा राप्तिरोड , भिन्तुना पथ पुगेका थियौ । हामि राप्तिरोड  पुग्दा त्यहा यति ड्रग हाउस , भद्रकालि पोलिल्किनिक , युनियन ड्रग हाउस र त्रिबेणि मेडिकल हल मात्र सन्चालनमा थिए भने बाकि सबै मेडिकलहरु बन्द अबस्थामा थिए ।

हामिले सबै मेडिकलहरु बन्द अबस्थामा देखेपछि नेपाल औधषि ब्यबसायि संघका उपादध्यक्ष नारायण क्षेष्ठसंग कुरा गर्दा उहाले यो कुरा सहर्ष स्विकार्नू भएको छ ।  साथै कै ब्यबसायिलाई कोभिड संक्रमण देखिएको र कोई ब्यबसायिले  पि सि आर चेक गरेकाले घरमै बसेको र संक्रमण आफूबाट अरुमा सर्न सक्ने हुनाले पनि यो समस्या देखिएको बताउनू भएको छ । साथै संकटको यो घडिमा  औषधि पसल बन्द गर्न नहूने जानकारि गराउदै   पि सि आर को रिपोर्ट स्वास्थ्यकर्मिको अलि छिटो गर्दिए घरमै होम क्वारेन्टिमा लामो समय बस्न नपरि मानब स्वास्थमा प्रत्यक्ष प्रभाब पर्ने औषधि बेचबिखन गर्न सजिलो हुने कुरा जानकारि गराएका छन ।

जे होस विश्व ब्यापी रुपमा कोरोना भाईरसको महामारी फैलीरहेको समयमा मानव स्वास्थ संङ्ग प्रत्यक्ष प्रभाब पर्ने हेटौंडाका अधिकांश निजी औषधि पसलहर बन्द हुँदा प्रशासन भने मौन देखिन्छ। औषधि लिन हेटौंडा बजार भन्दा बाहिरि ठायबाट आउदा आफुले खोजेको औषधि नपाउने र अधिकांश मेडिकलहरु बन्द हुँदा  सेवाग्राहीहरु मारमा परेका छन् ।  महामारिको यो समयमा औषधि व्यावसायि र मेडिकल पसलहरु आफ्नो जिम्मेवारी पन्छिनु भने यो पक्कै राम्रो कुरो होईन ।यस तर्फ प्रशासनको ध्यान पुग्न जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*