गौरीटार आईशोलेशनलाई व्यवस्थित गर्न सरोकार समिति गठन

हेटौंडा टुडे
७ भाद्र २०७७, आईतवार १२:५९

हेटौंडा/ हेटौंडा ६ गौरीटारमा रहेको आईशोलेशन वाड लाई व्यवस्थित गर्न सरोकार समिति गठन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, १५ र १६ नम्बर वडाको सीमानामा रहेको वाडलाई व्यपस्थि तगर्न स्थानीयहरुको सहभागितामा आईतबार सरोकार समिति गठन गरिएको हो ।

हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई संयोजक र हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईराला र हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा सहसंयोजक रहने गरि १७ सदस्यीय सरोकार समिति गठन गरिएको हो ।

सरोकार समितिमा ३ वटै वडाभित्र रहेका राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था र युवा क्लबहरुको प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

जसमा १५ नम्बर वडाबाट नेकपाका प्रतिनिधि गिता प्रसाद दुलाल, १६ नम्बर वडाबाट नेपाली कांग्रेसका प्रतिनिधि कृष्णप्रसाद पनेरु, राप्रपा बाट हेटौंडा ६ का गुरुप्रसाद सापकोटा रहेका छन् ।

त्यसैगरी मेडिकल ल्याबरेटरी एशोसिएसन अफ नेपालका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाई, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका सचिव इवम् सञ्चारकर्मी विजय पौडेल, माथिल्लो गौरीटार टोल विकास संस्थाबाट पुर्षोत्तम ढकाल, गौरिशिखर टोल विकास संस्थाबाट प्रकाश पुडाशैनी, सृजनशिल टोल विकास संस्थाबाट प्रितम राना, श्रीकृष्ण प्रणमी मन्दिरबाट सन्दिप न्यौपाने, डाफेँ युवा क्लबबाट सुशिल न्यौपाने, चित्रेपानी सामुदायिक वन समितिबाट सूर्यबहादुर घलान, जरुङशक्ति सामुदायिक वन उपभोक्त समितिबाट कुमार सिंह खड्का र स्थानीय बाट गोविन्द नेगी रहेका छन् । सरोकार समति गठन गर्ने क्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले आईशोलेशन वाडलाई थप व्यवस्थित गर्न थप सहयोग पुग्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*