हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मकवानपुरगढी गाउँपालीका वडा नम्बर ४ का ६८ वर्षिय विष्णुलाल रुम्बा रहेको मकवानपुर प्रहरीले जनाईएको छ ।
प्रहरीले सामरीपुल स्थित रूम्बाको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी विशेष टोलीले उक्त घरमा खानतलासी गर्ने क्रममा बोरा र प्लास्टिकको झोलामा राखेको ११ केजी लागू औषध गाँजा फेला परेको हो ।
फेला पारेको गाँजा सहित रुम्बालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाईएको छ ।
सेयर गर्नुहोस्