
काठमान्डौ / नेपालमा (आज) बुधबार मात्र थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.जागेश्वर गौतमले सो कुरा जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।
आज मृत्यु पुष्टि भएकाहरु मध्ये २ जना महिला र ९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाइएको छ ।


सेयर गर्नुहोस्