कैलाश गाउँपालीकामा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौडा टुडे
२१ भाद्र २०७७, आईतवार २१:३६

हेटौंडा । कैलाश गाउँपालीका आज आईतबार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए अनुसार कैंलाश गाउँपालीकाको २२ बर्ष र ३४ बर्षीय दुई महिला र ३५ बर्ष र ३९ बर्षिय दुई पुरुषलाई गरि जम्मा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो संगै कैलाश गाउँपालीका कोरोना पुष्टि हुनेको सख्यां ६ जना पुगेको छ । त्यस मध्ये २ जनामा कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आईसकेको र डिसचार्ज भईसकेका छन । दुई जना नेगेटिभ आउने मध्ये एक जना कैलाश गाउँपालीकाकाृ स्थानियबासि रहेको र एक जनाको ठेगाना कैंलाश गाउँपालीका भएता पनि हेटौंडा उपमहानगरपालिका बसोबास गर्ने गर्ने गरेको गाउँपालीकाका अध्यक्ष टंक मोक्तानले जानकारि दिनुभयो ।

यो संगै मकवानपुरमा आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*