काठमाडौं उपत्यकामा  मात्रै ६ सय ९६ जनामा काेराेना सङ्क्रमण पुष्टि

टुडे संवादाता
२६ भाद्र २०७७, शुक्रबार १७:२४

काठमाडौं/शुक्रवार काठमाडौं उपत्यकामा  मात्रै ६ सय ९६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम ले सो कुरा बताएका हुन् ।

मन्त्रालयका अनुसार काठमाण्डाैका ६ सय २०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । शुक्रबार थपिएकासँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार सात सय आठ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा देशैभर एक हजार चार सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*