हेटौंडाबाट काठमाण्डौ जाने सडक अवरुद्ध, त्रिभुवनराजपथ मात्र सन्चालनमा

हेटौंडा टुडे
८ आश्विन २०७७, बिहीबार ०९:१७

हेटौंडा । हेटौंडाबाट काठमाण्डौ जाने चार वटा सडक खण्ड मध्ये एउटा सडक खण्ड त्रिभुवनराजपथ मात्र सन्चालनमा छ  भने बाकि तीन वटा सडक अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउरालीमा पहिरो लडेर हेटौडाबाट काठमाण्डौ जाने छोटो दुरीको सडक मार्ग अवरुद्ध भएको छ । त्यसैगरी हेटौंडाबाट काठमाण्डौ सम्म जान सक्ने कान्तिलोकपथ सडकको ठाउँ ठाउँमा पहिरो लडेको र सडक भासिएका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौंडाबाट काठमाण्डौ जाने पुर्व पस्चिम राजमार्ग अन्तरगत नारायणगढ–मुग्लिङ खण्डको चार किलोमा पहिरो खसेसँगै सडक बन्द भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*