काठमाडौं /नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन्। यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या कुल संक्रमणको ७४ दशमलव १ प्रतिशत रहेको छ। डिस्चार्ज हुनेको संख्या सबैभन्दा धेरै प्रदेश २ मा छ। प्रदेश २ मा मात्र १४ हजार २ सय १५ जना संक्रमण मुक्त भएका छन्।
प्रदेश १ मा ५ हजार ६ सय ५५, बागमतीमा ९ हजार ६ सय ५६, गण्डकीमा ३ हजार ५ सय ९९, प्रदेश ५ मा ९ हजार ३ सय ४६, कर्णालीमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ जना निको भएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन्। जसमध्ये ११ हजार ५ सय २९ होम आइसोलेसन र ९ हजार ७ सय ७३ जना संस्थागत आइसोलेसनमा छन्।
सेयर गर्नुहोस्