काठमाडौँ उपत्यकामा बुधवार थपिए १६८४ कोरोना संक्रमित

टुडे संवादाता
२१ आश्विन २०७७, बुधबार १६:५५

काठमाडौं/काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६८४ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै उपत्यकामा संक्रमित हुनेको संख्या ३३ हजार ७४९ पुगेको छ। मंगलबारसम्ममा काठमाडौं उपत्यकामा ३२ हजार ६५ जना संक्रमित पुगेका थिए।

पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ।स्वास्थ्य

हाल देशभरमा २५ हजार ७ जना सक्रिय संक्रमित छन्। १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १४ हजार २०९ जनाको परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६८ हजार ६६८ जना निको भएका छन्। हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्। हालसम्म ७२.९ प्रतिशत संक्रमित निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*