हेटौंडाको मालपोत कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण,कार्यालय ४ दिनको लागि बन्द

हेटौडा टुडे
२५ आश्विन २०७७, आईतवार १३:३१

हेटौंडा /आईतवारबाट मकवानपुको मालपोत कार्यालय ४ दिनको लागि बन्द हुने भएको छ ।

मालपोत कार्यालय हेटौंडामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए सँगै आजबाट ४ दिनको लागि कार्यलयले दिने सेवा बन्द गरिएको मालपोत कार्यालय मकवानपुर प्रमुख मालपोत अधिकृत बासुदेव खतिवडाले जानकारी दिए ।

उनले अन्य कर्मचारीहरुमा पनि कोरोनाको लक्षण देखिएकोले कार्यलय बन्द गर्नु परेको र लक्षण देखिएकोहरुको परीक्षण गर्ने तयारी भईरहेको बताए । उनले कार्यलय २८ असोज सम्म बन्द रहने बताए । हाल कार्यलयमा करिब ३ दर्जन कर्मचारी कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*