बुधवार सुनको भाउ अलिकति घट्यो

टुडे संवादाता
२८ आश्विन २०७७, बुधबार ११:२२

काठमाडौं/नेपाली बजारमा आज सुनचाँदीको भाउमा केहि गिरावट आएको छ । बुधवार सुनको भाउ तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मङ्लवार तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*