सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

टुडे संवादाता
१३ कार्तिक २०७७, बिहीबार १२:३०

काठमाडौं /सञ्चारकर्मी रवि लामिछानेलाई कोरोनाभाइरस संक्रमण भएको छ। लामिछानेले आफूसहित पत्नी निकिता पौडेल पनि संक्रमित भएको फेसबूक स्टाटस मार्फत जानकारी गराएका हुन्।

गएको मंगलबार रातिदेखि ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा दम्पतीलाई नै कोरोना पोजिटिभ देखिएको उनले बताएका छन्। उनका अनुसार, दुवैको स्वास्थ्य अवस्था सामान्य छ।

केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरवाहीका कारण संक्रमण भएको हुन सक्ने लामिछानेले स्टाटसमा लेखेका छन्।

घरमा दुई जना मात्र बस्ने भएकाले समस्या नभएको उल्लेख गर्दै उनले घरमा वृद्ध उमेरका सदस्यहरु हुने व्यक्तिहरुले भने विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन्।
https://www.facebook.com/rabi.nikitalamichhane?fref=nf

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*