काठमाडौं/प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीको पोखरास्थित निवासमा निधन भएको हो ।
लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका केसी पहिलो संविधान सभाको निर्वाचनमा पनि राप्रपाबाट समानुपातिक सांसद थिए ।
सुगर, प्रेसरको समस्या र चिसोको असरलेसमेत ६३ वर्षीय केसीको निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सेयर गर्नुहोस्