बकैयामा विकास वाइवाको हत्या गरी फरार रहेका स्थानिय भीमराज पक्राउ

टुडे संवादाता
२२ कार्तिक २०७७, शनिबार २१:३६

हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार दिउँसो विकास वाइवाको हत्या गरी फरार रहेका स्थानिय भीमराज भोलन पक्राउ परेका छन।

उनलाई मकवानपुर र ललितपुरको सिमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले  जनाएको छ ।  भोलनले हिजो दिउँसो वाइवाको हत्या गरी भागेका थिए।

उनको खोजी कार्यमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहितको टोली लागिपरेको  थियो। मकवानपुर प्रहरीले हत्या गरी फरार रहेका उनलाई २४ घण्टा भित्र  पक्राउ गर्न सफल भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*