विभिन्न पार्टी परित्याग गरी १८ जना कांग्रेसमा प्रवेश

टुडे संवादाता
२३ कार्तिक २०७७, आईतवार १४:०७

हेटौंडा/मनहरी गाउँपालिका २ ट्याङ्की दमारका राप्रपा, नेकपालगायत पार्टी परित्याग गरी १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा हेटौंडा ५ सानोपोखरामा आईतबार भएको एक कार्यक्रममा मनहरी २ ट्याङ्कीदमारका १८ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकका हुन् ।

नवप्रवेशीलाई टिका लगाएर सदस्यता दिई कांग्रेसमा स्वागत गर्दै नेता बानियाँले योग्यता, क्षमता, लगनशिलता र मेहनतको आधारमा पार्टीमा स्थान दिईने बताउनुभयो । कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*