पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि

टुडे संवादाता
२४ कार्तिक २०७७, सोमबार १७:१७

काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*