जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण रक्सौल बस्ने ५० वर्षीय कृष्णकुमार जैन रहेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–स्थित माईस्थानबाट आइतबार नियन्त्रणमा लिएको हो ।
ना. ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार जैनलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए ।
जैनविरुद्ध बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्