कोरोनाभाइरस: कति खोप तयार भए, कति तयार हुँदैछन् ?

टुडे संवादाता
२५ कार्तिक २०७७, मंगलवार १५:०३

काठमाडौं/कोरोनाभाइरस महामारीविरुद्धको खोप विकासमा पछिल्लो समय उल्लेखनीय प्रगति भएको बताइएको छ । साथै प्रभावकारिता सम्बन्धी पनि महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।

बीबीसीका प्रकाशित समाचार अनुसार फाइजर र बायोएनटेकको संयुक्त प्रयासमा विकास भएको खोपको प्रारम्भिक परीक्षणमा यसले ९० प्रतिशत मानिसलाई जोगाउने देखिएको छ। तेस्रो चरणको परीक्षणको तथ्याङ्क सार्वजनिक गर्ने फाइजर र बायोएनटेक पहिलो समूह बनेको पनि बीबीसीमा उल्लेख छ ।

खोप विकासमा यो अवस्थालाई महत्त्वपूर्ण मानिएको छ । यस खोपलाई ४३ हजार भन्दा धेरैमा परीक्षण गरिएको तर सुरक्षा सम्बन्धी कुनै जोखिम नदेखिएको बताइएको छ ।

सर्वसाधारणकहाँ कहिले पुग्छ ?

उक्त खोप २०२० को अन्त्यसम्म पाँच करोड सर्वसाधारणसम्म उपलब्ध गराउन सक्ने फाइजरले जनाएको छ । र २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा खोप आपूर्ति गर्नसक्ने पनि बताएको छ।

तर धेरै विज्ञहरूले यो खोप सन् २०२१ को मध्यतिर मात्रै सर्वसुलभ हुने बताएका छन् । यसवाहेक अन्य कम्पनीले पनि खोप विकासको काम अन्तिम चरणमा पुगेको जनाएका छन् । यस्तै बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले डिसेम्बरको अन्त्यसम्म वा जनवरीमा आम सर्वसाधारणसम्म खोप उपलब्ध गराउन सकिने जनाएका छन् ।

बीबीसीका अनुसार आगामी महिनासम्म परीक्षणको अन्तिम चरणमा रहेका अन्य कम्पनीले पनि खोपको तथ्याङ्क सार्वजनिक गर्नेछन् । यसैबीच अन्य विभिन्न १० वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका, यूके
मोडेर्ना, अमेरिका
क्यानसिनो, चीन
गामालेया रिसर्च इन्स्टीट्यूट, रुस
जान्ससेन
बेइजिङ् इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
सिनोभाक र बुटानटान, ब्रजिल
वुहान इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
नोभाभाक्स, अमेरिका ।

कम्पनीहरुले जनाए अनुसार अर्बौँ मात्रामा खोपको उत्पादन गर्नु आवस्यक छ । खोपलाई सर्वसाधारणको प्रयोगमा लैजान अर्बौँ मात्रामा खोप तयार पार्नुपर्छ । तर यसअघि नै सम्बन्धित निकायको स्वीकृति प्राप्त गर्नुपर्छ । विज्ञहरुका अनुसार सामान्यतया ६० देखि ७० प्रतिशत मानिसला खोप दिइयो भने रोग नियन्त्रणमा लिन सम्भव छ । यसैले पनि अर्बौँ मानिसलाई खोप उपलब्ध गराउनुपर्ने बताइन्छ । अन्नपूर्ण पाष्ट बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*