हेटौंडा ४ का न्यौपाने परिवारले खुवाए दुइ आश्रममा खाना

टुडे संवादाता
२५ कार्तिक २०७७, मंगलवार १७:४८

हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ निवासी न्यौपाने परिवारले मंगलवार (आज) हेटौंडाको दुई आश्रममा खाना र नगद सहयोग गरेका छन् । शारिरीक अशक्त अर्थात ज्येष्ठ नागरीकहरुलाई आश्रय दिदैं आएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेकोे ओम बृद्धा आश्रम र हेटौंडा १४ मयूरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्थापना केन्द्र गरेको हो ।

श्रीमान रंगनाथ न्यौपानेको ८८ वर्षको उमेरमा भएको निधले मर्माहिक बनेकि श्रीमती गोमा न्यौपानेले श्रीमानको १४औं दिनको पुण्य तिर्थिका दिन आश्रममा आश्रीत बृद्धबृद्धाहरु र बाल बालिकाहरुलाई बिहानको खाना खुवाएको हो ।

न्यौपानेले “ज्येष्ठ नागरिकको सम्मान गरे आर्शिवाद पाईन्छ” भन्दै ओम बृद्धा आश्रममा ३३ जना बृद्धबृद्धालाई बिहानको एक छाक खाना र नगद रु ३००० सहयोग गरेका थिए । त्यस्तै यता मयुरधापमा रहेको मानव सेवा आश्रममा पनि ३७ जनालाई बिहानको खाना साथै नगद रु ३००० सहयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*