
हेटौंडा/सरकारले बिहीबार र शुक्रबार मूलुकभर ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँने छ । आज ११ र भोलि १२ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइदै छ।
गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले कार्तिकमा गर्ने गरिएको कार्यक्रम मंसिरमा सारिएको थियो। भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका, जुकाको औषधि एक देखि ५ वर्षसम्मका तथा बालभिटा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई दिईनेछ ।
सेयर गर्नुहोस्