हेटौंडा /मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर -३ स्थित पापीखोल्सामा शुक्रबार (आज) एक जना वृद्धको शव फेला परेको छ ।
मृत फेला पर्नेमा ललितपुर हुसेलका अन्दाजी ८० प्रताप बज्यु रहेका छन् ।
मृत अवस्थामा फेला परेको बज्युको शव पोष्टपार्टमको लागि हैटौंडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।उनको शब पापीखोल्सा नजिक सिस्नेरी(फर्पिङ सडक छेउमा मृत अवस्थामा फेला परेको थियो ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिकामा बिहिबार मात्रै एक महिलाको शव फेला परेको थियो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ कुलेखानी जलासयमा थाहानगरपालिका वडा नम्बर ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको थियो । उनको शव पोष्टमार्टमको लागि बिहिबार नै हेटौंडा ल्याएको जनाएको छ ।
सेयर गर्नुहोस्
















