छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

टुडे संवादाता
१२ मंसिर २०७७, शुक्रबार १३:३०

कास्की । कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको र मंसिर ६ गते एउटा होटेलमा लगेर जबरजस्ती अश्लील फोटो तथा भिडियो देखाई बलात्कार गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*