मनहरी-७ रमनटारमा रोकिराखेको बसमा मोटरसाइकल ठोकियो,मोटरसाइकल चालक गम्भीर घाइते

टुडे संवादाता
१२ मंसिर २०७७, शुक्रबार १३:४४

हेटौंडा/पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-७ रमनटारमा रोकिराखेको बसमा मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी ७ रमनटारमा  बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख १४८८ नम्बरको यात्रुबहाक बसमा मनहरी बजार बाट  आउँदै गरेको ना ५९ प ३२१६ नम्बरको मोटरसाइकल बससँग ठक्कर खादा मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय कुन्शाल लामा रहेको जनाइएको छ। लामालाई थप उपचारका लागि भरतपुर पठाइएको जनाइएको छ।मोटरसाइकल र बस तथा मनहरी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*