‘जेष्ठ पत्रकार पेन्सन’मा हेटौंडा उपमहानगरको दश लाख

टुडे संवादाता
१२ मंसिर २०७७, शुक्रबार १८:१२

हेटौंडा/नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैया सहयोग गरेको छ । आज हेटौंडा उपमहानगरपालिकाकाले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई सो रकम हस्तान्तरण गरेको हो ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि महासंघले सहयोग गर्न आग्रह गरे अनुसार सो रकम हस्तान्तरण गरिएको हो ।

मकवानपुरका पत्रकारको पेन्सन कार्यक्रमका लागि यो पहिलो सहयोग गरिएपनि यसलाई फेरी थप गरिने मेयर महतले बताए ।

जोखिम मोलेर समाचार संकलनमा खटिएका पत्रकारका लागि उपमहानगरपालिका सहयोगी बन्नका लागि तयार रहेको उनले बताए । पत्रकारलाई परेका कुनैपनि समस्या समाधान गर्नका लागि स्थानीय सरकार हातेमालो गरेर अगाडी बढ्ने उनको भनाइ थियो ।

बषौं सम्म पत्रकारिता गरेर अवकास लिएका पत्रकारका लागि पेन्सनको व्यावस्था गर्नका लागि महासंघले कार्यविधि बनाएर कार्यसमितिको बैठकमा छलफल चलाएको छ । कार्यविधिलाई महासंघको साधारणसभाबाट पास गर्ने तयारी पनि गरिएको छ ।

पत्रकारले जिवनभर उमेर छउन्जेल काम गर्ने, आम नागरिकलाइ परेका हरेक समस्या उजागर गर्दै आएपनि पत्रकारले बुढेसकालमा दैनिक छाक टार्न पनि, परिवार चलाउन समस्या हुने, त्यतीबेला परिवारले पनि तिरस्कार गर्ने जस्ता समस्या हुने भएकाले जेष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाईले बताए ।

पत्रकार महासंघले सञ्चालन गरेको उपचार कोष, पत्रकारको कोरोना र दुर्घटना विमा गर्न, लकडाउनको समयमा समस्यामा परेका पत्रकारका लागि राहतसामाग्री सहयोग गरेको छ ।

हेटौंडामा रहेको प्रदेश सरकार र अरु नौ वटा स्थानीय तहबाट खासै सहयोग नभइरहेको समयमा पत्रकारका आग्रहलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*