
बारा/बारामा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता नगरपालिका–८ बस्ने प्रेमनारायण चौधरीको १७ वर्षीया छोरी गान्धीकुमारी चौधरीको मृत्यु भएको हो ।
मंगलबार कलैयाबाट बरियारपुरतर्फ जाने क्रममो कलैया उपमहानगरपालिका–४ मैदा मिल नजिकै दुर्घटना भएको थियो ।
प्रदेश नम्बर २–०३–००६ प। ९३८५ नम्बरका मोटरसाइकलको पछाडि बसेकी उनी मोटरसाइकलबाट खसेकी थिइन् ।
मोटरसाइकलबाट खसेकी उनलाई पछाडिबाट आइरहेको ना।४ ख।२९२३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घाइते अवस्थामा उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिए पनि उपचारको क्रममा १२ः४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।


सेयर गर्नुहोस्