काठमाडौं/सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।
आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
मङ्सिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएकाले तीनदिन बैठक धकेलिएको थियो ।
आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित हुने कि नहुने भन्ने टुङ्गो लागेको छैन । ओलीनिकट नेताहरूले दुईचार दिन बैठक रोकेर सहमति खोज्ने कसरत गरे पनि त्यो सफल हुन सकेको छैन ।
१७ गतेको बैठक महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष प्रचण्डसँग बैठक स्थलबाहिर केही दिन स्थगित गर्न आग्रह गरेपछि मङ्सिर २० गतेसम्म स्थगित गरिएको थियो ।आज बैठक रोकिने सम्भावना कम रहेको सचिवालय तहका नेताहरू बताउँछन् ।