सामुदायिक बिकास संस्थाको आयोजनामा आज विद्यालहरुमा अनुगमन

टुडे संवादाता
३ पुष २०७७, शुक्रबार १८:०३

हेटौंडा/ सामुदायिक बिकास संस्थाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा संचालित सिकाई परियोजना अन्र्तगत मनहरी गाउपालिकामा संचालित नमुना कक्षा व्यवस्थापन कार्यक्रमको आज विभिन्न विद्यालहरुमा अनुगमन गरिएको छ ।

जिल्ला विकास समिती मकवापुरका प्रमुख रघुनाथ खुलाल , भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठक ,सामुदायिक बिकास संस्थाको अध्यक्ष पदमा पौडेल , प्लान ईन्टरनेशनल नेपालका जिल्ला प्रमुख बसन्त श्रेष्ठ लगाएतको टोलीले स्थलगत अनुगमन गर्नुभएको थियो ।

अनुगमनको क्रममा आज मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको युवा वर्ष आधरभुत विद्यालय र वडा नम्बर ७ मा रहेको श्री ब्रम्हकाली निम्न माध्यमिक विद्यालयको अनुगमन गरिएको छ । त्यसैअनुसार मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको युवा वर्ष आधरभुत विद्यालय अनुगमनको क्रममा जिल्ला विकास समितीका अध्यक्ष रघुनाथ खुलालले जिल्ला बिकास समितीले विद्यालहरुको समस्याहरु राम्रो संग बुझदै आएको र विद्यालयहरु संग समवन्य गर्दै विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आएको भन्दै युवा वर्ष आधरभुत विद्यालयको थप स्तर उन्नतीको लागि पनि आवश्यक सहयोग र समवन्यको लागी सधै तत्पर रहेको बताउनु भयो ।

त्यसैगरि अनुगमन कार्यक्रममा भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकले नमुना कक्षा व्यवस्थापन कार्यक्रमले विद्यालय तहमा भरर्खरै स्कुल भर्ना भएका साना– साना विद्यार्थीहरुलाई पठन पाठनमा थप सहज हुने विश्वास लिएको बताउनु भयो । त्यसैगरी उहाँले भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई (शिक्षा) ले पनि २०७२ को भुकम्प र त्यसपछि आएको पराकम्पनले क्षती ग्रस्त भएको विद्यालयका भौतिक संरचना निमार्णमा निरन्तर लाग्दै आएको बताउनुभयो ।

त्यसैगरी यसबर्ष भुकम्प पुननिर्माण प्राधिकरणले अन्तिम पटक विद्यालयहरु पुर्ननिमार्णको कार्य गरिहेको समेत बताउनुभयो । कार्यक्रममा युवा वर्ष आधरभुत विद्यालयका प्रध्याध्यापक शरदकुमार अधिकारीले हाल विद्यालमा २ सय १० जना विद्याथीहरु अध्ययनरत रहेको बताउदै नमुना कक्षा व्यवस्थापन कार्यक्रम साना– साना विद्याथीहरुले मनपराएको र उनीहरुलाई पठन पाठनमा समेत सहज भएको बताउनुभयो । त्यसैगरी मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री ब्रम्हकाली निम्न माध्यमिक विद्यालयको अनुगमन क्रममा विद्यालयमा दरबन्दी अनुसार ५ जना शिक्षक हुनुपर्नेमा विद्यालयमा अभाव रहेको पाईएको छ ।

त्यसैगरी विद्यालयका साहायक प्रध्याध्यापक विदुर प्रसाद धितालले आश्यकता अनुसारको जनशक्ति भए ब्रम्हकाली निम्न माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा अघि बढाउने बताउनुभयो । त्यसैगरि कार्यक्रममा उहाँले नमुना कक्षा व्यवस्थापन कार्यक्रम अन्तरगत पुस्तकमा समावेश भएका शैक्षिक कुराहरु भित्ते लेखन , पेन्टि∙ , कार्पेटि∙ , गर्नाले विद्याथीहरु थप उत्साहित रहेको बताउनुभयो । अनुगमन कार्यक्रममा बोल्दै सामुदायिक बिकास संस्थाको अध्यक्ष पदमा पौडेले यस कार्यक्रमलाई निरन्तरता दिदै जिल्लाका अन्य विद्यालयहरुमा यस्ता कार्यक्रमहरु भएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका जिल्ला प्रमुख बसन्त श्रेष्ठले यस्ता कार्यक्रमहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ्र्र पढ्न थप सहयोग हुने बताउनुभयो । त्यसैगरी उहाँले नमुना कक्षा व्यवस्थापन कार्यक्रम अन्तरर्गत गर्नुपर्ने कार्य भईसकेको र अब यसलाइ्र्र संरक्षण तथा व्यवस्थापन गर्दै निरन्तर अघि बढाउन समेत विद्यालयका साहायक प्रध्याध्यापक विदुर प्रसाद धिताललाई अनुरोध गर्नुभयो । त्यसैगरि अनुगमनको क्रममा सामुदायिक बिकास संस्थाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा संचालित सिकाई परियोजना कार्यक्रमका कार्यक्रम संयोजक अर्जुन खड्काले यस कार्यक्रम अघिल्लो बर्षकै निरन्तरता रहको बताउदै गत वर्ष जिल्ला भित्र रहेका ८० वटा विद्यालयहरु यस कार्यक्रम सम्पन्न गरिसकेको बताउनुभयो ।

त्यसैगरी उहाँले यस वर्षपनि नमुना कक्षा व्यवस्थापन कार्यक्रम अन्नरर्गत मनहरी गाउँपालिकाको ३५ वटा विद्यालयमा यस्तो कार्यक्रम गर्न लागेकोमा २३ वटा विद्यालयमा गरिसकेको र बकैया गाउँपालिकाको वडा नम्बर ११ र १२ मा रहेको १४ वटा विद्यालय , बाग्मती गाउँपालिकामा २१ वटा विद्यालयमा र राक्सिरा∙ गाउँपालिकामा ३० वटा विद्यालय गरी यस वर्ष सय वटा जिल्ला भित्र रहेका विद्यालयहरुमा गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*