हेटौंडा/जिल्ला प्रहरी कार्यालय नुवाकोटमामा कार्यरत प्रहरी हवल्दार शिव प्रसाद अर्याल मंसिर महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका छन् । बागमती प्रदेश प्रहरीद्वारा कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले प्रहरी हवल्दार अर्याललाई सर्बोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसंगको समन्वयमा स्थानीय समुदायकै सहभागीता रहने गरी निर्माण समिति समेत बनाई नुवाकोट जिल्लाको अस्थायी प्रहरी पोष्ट सिमुटारको जिर्ण भवन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गरेको लगाएतका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रहरी हवल्दार शिव प्रसाद अर्याललाई प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले अर्याललाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको छ ।
प्रहरी हबल्दार शिव प्रसाद अर्याल सहित मंसिर महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।प्रहरी हबल्दार शिव प्रसाद अर्यालूमहिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषित भए भने अन्य १४ जना आ(आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन ।