
हेटौंडा /जनता समाजवादी पार्टी मकवानपुरले बुधवार आज बागमती प्रदेशको राजधानी हेटौँडामा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओली निरकुंश भएको भन्दै विरोध प्रदर्शन गरेको छ । जसपाले पुस ५ गते संसद विघटनको विरोध र प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरी निरकुंश लाद्न खोजेको भन्दै सरकार र ओली विरुद्ध प्रदर्शन गरेको हो ।
हेटौँडा–१० फरेष्ट्री क्याम्पस गेट अगाडीबाट सुरु भएको विरोध प्रदर्शन मेनरोड, सिमाचोक हुदै बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा निरंकुश प्रधानमन्त्री मुर्दावाद, ओली सरकारको असंवैधानिक कदम खारेज गर, ओली सरकार मुर्दावाद, असंवैधानिक तथा प्रतिगमनकारी कदम मुर्दावाद, संसद विघटन खारेज गर जस्ता नारा लगाएका थिए।
कार्यक्रमलाई जसपा केन्द्रीय सदस्य सोमबहादुर थिङ, नेता तुफान विक्रम क्षेत्री, शुभरत्न गोले, लगायतले आफ्नो भनाइ राखेका थिए ।

