हेटौँडा १९ बस्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

टुडे संवादाता
११ पुष २०७७, शनिबार १६:१४

हेटौँडा/हेटौँडा १९ बस्तिपुरमा शनिबार दिउँसो भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लम्जुङका अन्दाजी ३०।३२बर्षीय हरी गौली रहेको र उनको उपचारको क्रममा हेटौँडा अस्पताल मुत्यु भएको  मकवानपुर प्रहरी कार्यालय मकवानपुरमा प्रहरीले जनाइएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बाट यात्रु बोकेर चितवन तर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।उक्त दुर्घटनामा ९ जना घाइते भएको र केही घाइतेको हेटौँडा अस्पताल र केहीको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*