हेटौँडा /हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति चुरियामाई मन्दिर उकालोमा जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौँडा-३ बस्ने अन्दाजी ४३ बर्षीया देवी लामाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको जनाइएको छ। त्यसैगरी मोटरसाइकल चालक हेटौँडा-३ लेवट बस्ने अन्दाजी ३५।३६ बर्षीय इश्वर नेपाल घाइते भएको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस तथा चालक ईलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जनाइएको छ ।
सेयर गर्नुहोस्