हेटौंडा २ मा रहेको वनस्खण्डी सामूदायिक वनको साधारणसभा सम्पन्न

हेटौडा टुडे
२६ पुष २०७७, आईतवार २१:४४

हेटौंडा/हेटौंडा २ मा रहेको वनस्खण्डी सामूदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवसागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको वार्षिक प्रतिवेदन समूहका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए भने आर्थिक वर्ष ०७६÷०७७ को आर्थिक प्रतिवेदन समूहका सचिव लक्ष्मी तिमल्सिनाले प्रस्तुत गरेकी थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतम, सव डिभिजन वन कार्यालयका यदुकुमार घिमिरे, वनस्खण्डी युवा क्लवका अध्यक्ष विक्रमकुमार बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*