मंगलवार सुनको भाउ बढ्यो

टुडे संवादाता
२८ पुष २०७७, मंगलवार ११:५५

काठमाडौँ /नेपाली बजारमा मंगलवार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*