क्याम्पाडाँडा दुर्घटना : मोटरसाइकल पछाडि बस्ने हेटौँडा ६ का राईको पनि मृत्यु

टुडे संवादाता
३ माघ २०७७, शनिबार १५:५३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकाको पनि मृत्यु भएको छ ।
पुस २७ गते दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि बस्ने हेटौँडा-६ का १८ बर्षीय निरज राईको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटना परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा भरतपुर स्थिति पुरानो मेडिकल कलेजमा शनिबार(आज) मृत्यु हो।उनलाई हेटौँडामा उपचार संभव नभएपछि थप सोमबार रातिनै उपचारका लागि पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो।

हेटौँडा बाट चौघडा तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ४०२० र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर सोमबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालक हेटौँडा(७ न्युरेनि निवासी १८ बर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको थियो भने राई गम्भीर घाइते भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*