नेपाली काँग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दै

टुडे संवादाता
८ माघ २०७७, बिहीबार १०:२७

हेटौंडा/प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन भएको भन्दै नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरेको जनाएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले सबैलाई अपील गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*