हेटौंडा ६ मा रहेको कामधेनु सहकारीको २२ औं साधारण सभा सम्पन्न

टुडे संवादाता
१० माघ २०७७, शनिबार १७:२३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६स्थित चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो २२ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै माघ ८ गतेबाट सुरु भएको साधारण सभा शनिबार (आज) समापन भएको हो।
संस्थाका अध्यक्ष गौरव कुमार पराजुलीको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हेटौँडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौँडा ६ का वडासदस्य राज कुमार बास्तोला,हेटौँडा-१७ का वडासदस्य टिका प्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक सदस्य हिमाल पौडेल,सहकारीका सल्लाहकार बासुदेव सापकोटा,निवर्तमान उपाध्यक्ष उदय विडारी, सहकारीका उपाध्यक्ष उदयप्रकाश दहाल,टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-६ का अध्यक्ष केशव धिताल,चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका सदस्य शिव गौतम, श्रीमदभागवत ज्ञान संचार वृद्धाआश्रम हेटौँडा-१७ का अध्यक्ष हरि प्रसाद सन्जेल नौलो विहानी सहकारी संस्थाका अध्यक्ष भरत सापकोटा,सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा सहकारीका लेखा संयोजक केदार गौतमले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवे त्यसैगरी सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थाको संथागत प्रतिवेदन,ॠण उप समिति संयोजक उदय प्रकाश दहाल ॠण उपसमितिको प्रतिवेदन र खुत्रुके बचत उप समिति संयोजक केशव प्रसाद अधिकारीले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कोभिड-१९ को जोखिम कायम रहेकोले बिहिबार बाट सुरु भएको बार्षिक साधारणसभा माघ १० गते शनिबार समापन गरिएको सहकारीका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिएका छन्।साथै आजको २२ औँ बार्षिक साधारण सभा मार्फत नयाँ नेतृत्व चयन। हुने पौडेलले बताएका छन् ।२०५५ सालमा स्थापना भएको सहकारीमा ५७६ सेयर सदस्यहरु रहेका छन्।

यसैबीच सहकारी संस्थाको अध्यक्षमा उदय विडारी चयन भएका छन्। उनी आज सम्पन्न बार्षिक भेला मार्फत अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन।

त्यसैगरी सहकारीको उपाध्यक्षमा उदय प्रकाश दहाल निर्विरोध निर्वाचित भएका छन्। संस्थाको सदस्यहरुमा चित्र कुमार गौतम,रमेश कुमार थापा,श्यामलाल श्रेष्ठ,मन्दिरा फ्याँल घिमिरे,केशव प्रसाद धिताल,गिता न्यौपाने,राजकुमार विडारी,अम्बिका सापकोटा,धन बहादुर गौतम,त्यसैगरी लेखा समिति संयोजकमा केदार प्रसाद गौतम लेखा समिति सदस्यमा बद्रि भण्डारी र सिता सुवेदी चयन भएका निर्वाचन समिति संयोजक हिमाल पौडेलले बताए।निर्विरोध निर्वाचित नयाँ कार्य समितिको सपथग्रहणको कार्यक्रम समय पछी तोकिने पौडेलले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*