
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का महिलाहरुलाई प्रदान गरिएको कपडाको झोला बनाउने तालिम आईतवार समापन भएको छ ।
उन्नती महिला संजालको आयोजनामा माघ ५ गते देखि हेटौंडा १६ हटियामा सुरु भएको कपडाको झोला बनाउने तालिम आईतवार समापन भएको हो ।हेटौंडा सृजनशिल नेपालको ब्यबस्थापन तथा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा १६ का ९ वटा महिला कृषक समूहका २७ जना महिलाहरुलाई तालिम प्रदान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिनालामाले महिलालाई सीप सिकाउदै उत्पादन सङ्ग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।उहाँले कृषि, पशुपालन तथा अन्य आय आर्जन गर्ने तर्फ महिलाहरुलाई अग्रसर बनाउनुपर्ने बताउनुभयो ।सिकेको सिपको उच्चतम सदुपयोग गर्न तामिलममा सहभागी महिलाहरुलाई उपप्रमुख लामाले आग्रह गर्नुभयो ।
तालिममा सहभागी २७ जना महिलाहरुलाई शोभा श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईराला सृजनशिल नेपालकी अध्यक्ष शान्ता बराल लगाएतकाको उपस्थिति रहेको थियो ।

