
हेटौंडा/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन हेटौंडा क्याम्पसको माग सम्बोधन गर्दै हेटौंडा क्याम्पसले लेटरहेडको गल्ती सच्याएको छ ।बिगत ५ महिना देखि क्याम्पसको लेटर हेडमा लेखिएको अङ्ग्रेजी शब्द गल्ती छापिएको थियो ।
यस विषयमा क्यामपसले बेवास्ता गरेपछि अनेरास्वियू हेटौंडा क्याम्पस कमिटी संयोजक अभि मैनालीको नेतृत्वमा अनेरास्वियू ओलि समुहाका केन्द्रिय सदस्य नविन मिश्रले क्याम्पसका सहायक प्रमुख देबीराम लामालाई सोमबार बिहान ज्ञापन पत्र बुझाएको थियो ।ज्ञापनपत्र बुझाएको ५ घन्टामै क्याम्पसले लेटर हेडमा लेखिएको शब्द सच्याएको सुचना प्रकाशन गरेको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्वियू मकवानपुर सचिवालय सदस्य निशा पुडासैनी ,मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा क्याम्पस कमिटी सचिव अनिल मगर, अनेरास्वियू हेटौंडा क्याम्पसका नेता अरबिन यादबको उपस्थिती रहेको थियो ।
