सानोपोखरा क्लबले प्रतिभा प्राथमिक बिद्यालयका बिद्यार्थीलाई स्वेटर र शैक्षिक सामग्री सहयोग

हेटौडा टुडे
१६ माघ २०७७, शुक्रबार २०:४३

हेटौंडा/मकवानपुरगढि गाउँपालिका वडा नम्बर ४ स्थित प्रतिभा प्राथमिक बिधालयमा शुुक्रबार (आज) सानोपोखरा क्लबले न्यानो कपडा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको छ ।      खेलकुद तथा सामाजिक बिकास मन्डल सानोपोखरा क्लबको संयोजनमा क्लबकै सदस्य राहुल सुबेदि र क्लबको कोशबाट संकलित रकमबाट बिद्यालयलाई सहयोग गरिएको हो ।

सामाजिक बिकास मन्डल सानोपोखरा क्लबको अध्यक्ष उमेस महतको सभादक्षतामा  भएको कार्यक्रममा मकवानपुरगढि गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद तिमल्सिनाको प्रमुख अतिथ्य रहेको थियो भने कार्यक्रममा प्रतिभा प्राथमिक बिधालयका शिक्षक साधुराम पुडासैनी , क्लबका सल्लाहकार बिशाल राज महत, क्लबका सदस्यहरु सतिस राइ,शंकर राइको लगाएतको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतिभा प्राथमिक बिधालयका ३० जना विद्यार्थीहरुलाई १३ हजार रुपैया बराबरको न्यानो कपडा सुइटर,शैक्षिक सामग्री कपि,कलम इलेजर खाद्यान्न,बिस्कुट वितरण गरिएको थियो । यसअघि पनि क्लबले मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित रत्नदेवी आधारभूत विद्यालयका ९७ जना विद्यार्थीलाई स्वेटर र शैक्षिक सामग्री सहयोग गरेको थियो भने कोरोना महामारि र लकडाउनको समयमा खाद्यान्न बैंक सञ्चालन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*