
हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा मंगलबार पुस्तक प्रदर्शनी गरिएको छ । नेपाल मजदुर किसान पार्टीले मंगलबार आफ्नो ४९ औं स्थापना दिवसको अवसरमा बुद्धचोकमा पुस्तक प्रदर्शन गरेको हो । प्रदर्शनीमा विभिन्न क्रान्तिकारी पुस्तक, मजदुर किसानका कुराहरु समेटिएका पुस्तकका साथै मजदुरहरुको बारेमा लेखिएको पुस्तक तथा पत्रपत्रिकाहरु तथा अन्तराष्ट्रिय स्तरका पुस्तकहरु राखिएको थियो । पुस्तक प्रदर्शनीमा नेमकिपा बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाई, सृजना सायजुको पनि उपस्थिति रहेको थियो ।


सेयर गर्नुहोस्