
हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको हाम्रो घर बालगृहले ७ दिने कपडाको प्याड बनाउने तालिम सुरु गरेको छ ।
ग्रामिण जिवस्तर सुधार मंञ्च द्वारा संचालित बालगृहका अध्यक्ष ईन्दीरा न्यौपानेको सभाध्यक्षता सुरु भएको तालिममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का १० जना महिलाहरुको सहभागिता रहेको छ,भने तालिममा राधा फुयाँलले प्रशिक्षण दिईरहनुभएको छ ।
हेटौंडा उपमहानगरको आर्थिक सहयोग रहेको करीब ८० हजार अनुमानित खर्च लाग्ने बालगृहका ब्यवस्थापक अस्मिता न्यौपानेले जानकरी दिनुभयो ।
तालिम ७ दिनको रहनेछ । तालिम पश्चात तालिम दिईएका १० जना महिलाहरुलाई प्याड उत्पादन गरी बजार ब्यवस्थापन बालगृहले गर्ने अध्यक्ष ईन्दीरा न्यौपानेले बताउनुभयो ।कपडाको प्याड बनाउने तालिममा बालगृहका कोषध्यक्ष, संस्थाका सदस्यको उपस्थिती रहेको थियो ।
बालगृहले करीब १३ वर्षदेखि गरीब,असाहय,आमाबुवा बिहीन बालबलिकाहरुलाई आश्रय दिँदै आईरहेको छ । हाल ३० जना बालबलिका बालगृहमा आश्रीत छन् ।

