हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाडाँ स्थित माछा प्लान वरीपरी फोहोरमैलाका कारण उपमहानगरपालिकाको सौन्दर्य नै बिग्रिएको छ ।
उपमहानगरपालिकाले हेटौंडालाई फुलैफुलको सहर बनाउने परिकल्पना गर्दे माछा प्लान वरीपरी दायाँ बायाँ सडकमा फुल रोपेको छ । फुलै फुलको सौन्दर्य र माछा प्लानको अवलोकन गर्न देनिक ५ सय भन्दा बढी मानिहरु त्यहाँ आउने गर्दछ । त्यहाँ आएका मानिसहरुले प्रयोग गरेको पानीका बोत्तल , खानेकुराका प्लास्टिक सर्बत्र रुपमा फ्यालेर फोहोर गर्ने गरेका छन् ।
सो क्षेत्र प्राकृतिक जलाशय मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्रको मातहतमा रहेका कारण उपमहानगरपालिकाले फोहोर ब्यबस्थापनमा काम अघि बढाउन नसकेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५का अध्यक्ष राजेश बाँनियाले बताउनुभयो ।उहाँले मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्र संग फोहोरमैला ब्यबस्थापन गर्न समन्वय र ध्यानाकर्षण गराईरहेको बताउनुभयो ।
यता प्राकृतिक जलाशय मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्रले फोहोर ब्यबस्थापनकालागी राखिएको डस्टबिन त्यस क्षेत्रमा आउने मानिसहरुले फ्यालिदिएको बताएको छ । कर्मचारी अभाव भएको र केन्द्रका अन्य धेरै काम भएका कारण फोहोर ब्यबस्थापनमा समस्या भएको केन्द्रकी सुचना अधिकारी स्नेहा गिरीले बताउनुभयो ।
पर्यटकीय गन्तब्य बन्दै गएको रमणीय दृश्य देखिने माछा प्लान क्षेत्रको फोहोरमैला ब्यबस्थापनमा प्राकृतिक जलाशय मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्रले उपमहानगरपालिका संग समन्वय गर्न जरुरी देखिन्छ ।