
हेटौंडा । उज्यालो यात्रा युवा क्लबले हेटौडा उप–महानगरपालिका वडा नं. २ स्थित काँग्रेस चोकमा आज मिति २०७७ फागुन १ गते शनिबारको दिन १५ दिने निशुल्क डल तथा कुशन तालिम संचालन गरेको छ ।
क्लबको तालिममा विपन्न तथा पीछडिएको महिला तथा विद्यार्थीहरुलाई लक्षित गरि यस सीपमुलक तालिम सञ्चालनमा ल्याइएको हो । यस तालिमका लागि शिभम् सिमेन्ट, हिमालयन माइक्रोन माइन्स एण्ड मिनरल्स मकवानपुर प्रा.लि., आमभञ्ज्याङ्ग एग्रिग्रेट इन्डष्ट्रिज तथा साइबाबा उद्योग प्रा.लि.को सहयोगमा तालिम सञ्चालन गरिएको हो । उक्त तालिममा १३ जनाको सहभागिता रहेको यस तालिमका संयोजक प्रतिक्षा कार्कीले बताउनुभयो ।
यस तालिममा क्लबका अध्यक्ष रोशन बस्नेत, सचिब राजिब अधिकारी, सह–सचिब सुजन अधिकारी, कोषाध्यक्ष बिनिसा खत्री लगायत सदस्यहरु राजन धिताल, प्रतिक्षा कार्की तथा रश्मी लामाको उपस्थिती रहेको थियो ।
यस क्लबको तालिममा सहभागि सम्पूर्णलाई धन्यवाद दिदै १५ दिनसम्म तालिमलाई ब्यवस्थित तरिकाबाट सम्पन्न गरिने साथै सामाजिक विकासको हरेक काममा सहभागी हुने र समाजमा रहेको लुकेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने प्रतिवद्धताका साथ यस क्लबलाई अगाडि बढाउने कार्यक्रम संयोजक प्रतिक्षा कार्की तथा सह–संयोजक रश्मी लमाले बताउनुभयो ।
