बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना, हेटौंडा -६ का आशिक श्रेष्ठको मृत्यु

हेटौडा टुडे
१ फाल्गुन २०७७, शनिबार २०:३९

हेटौंडा /  बागमती गाउँपालिका वडा नम्बर ४ हरामीचोकमा मोटरसाइकल दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–६ रामनगर का ३० बर्षीय आशिक श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट राईगाउँतर्फ जाँदै गरेको प्रदेश नं ३–०–०३–००१ प ८८९७ नम्बरको मोटरसाइकल  हरामीचोकमा अनियन्त्रित भई दुर्घटना भएको थिए । मोटरसाइकल चालक र मोटरसाईल जिल्ला प्रहरीले प्रहरि कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*